गोकुल बाँस्कोटाको चेतावनीः शान्तिका लागि संघीयता मान्देको मात्रै हो

समाज अनलाइन
;
२१ कार्तिक २०७७, शुक्रबार २१:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले संघीयता माओवादीले चलाएको द्वन्द व्यवस्थापनको लागि मान्देको मात्रै भन्ने अभिव्यक्ति दिएका छन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत संघीयता नेपालमा आवश्यक नभएको र शान्तिको लागि मान्देको मात्रै भन्ने अभिव्यक्ति दिएपछि हंगामा मच्चिएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के प्रतिगमन भएछ हँ ?प्रदेशहरु खारेज भएको त छैन । द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

पूर्व मन्त्री बाँस्कोटाले देशको नाम ‘नेपाल’ हुनुपर्नेमा शासन व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ रहेने संविधानमा व्यवस्था भएपछि मन्त्रिपरिषदले निर्णय गरेर देशको नाम नेपाल मात्रै राख्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्धमा केही नेताहरुले संघीयता समाप्त पार्न खोजेको आरोप लगाएका थिए । सोही कुराको जवाफ दिँदै पूर्व मन्त्री बाँस्कोटोला संघीयता माओवादीको लागि मान्देको मात्रै भन्ने अभिव्यक्ति दिएका हुन् ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *