तिहारमा कुनै पनि बैंकका शाखाहरु नखुल्ने, शुक्रबारसम्म काम सिध्याउन सुझाव

समाज अनलाइन
;
२५ कार्तिक २०७७, मंगलवार २२:०३

काठमाडौं । नेपालका बैंकहरुले तिहारमा कुनै पनि शाखा कार्यालयहरु नखोल्ने निर्णइ गरेका छन् । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएकोले आगामी शुक्रबारसम्म कारोबार सम्पन्न गर्न आग्रह गरिएएको छ । सरकारले दिएको सार्वजनिक बिदाका समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकहरूको छाता संगठन संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको जनाउँदै नखोल्ने निर्णय गरिएको जनाएको हो । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यही कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म बैंकका शाखाल नखुल्ने बताउनुभयो । ‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो ।

हाल बैंकहरूले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको र यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिइने सेवा बन्द गरेको बताएका छन् । संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गत वर्ष दशैँतिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *