‘युनानः साङ्ग्रिला सांस्कृतिक आदानप्रदान’ कार्यक्रम शुक्रबार सुरु हुने

समाज अनलाइन
;
४ मंसिर २०७७, बिहीबार २२:४५

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठका अवसरमा नेपाल–चाइना मिडिया फोरमले ‘युनान ः साङ्ग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही नोभेम्बर २० देखि २६ तारिखसम्म हुने कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा महत्वपूर्ण फोटो, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री आदिको प्रदर्शन गरिने मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

चीन सरकारको सूचना कार्यालय र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तका प्रचार विभागको सहयोगमा हुने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका युनान प्रान्तका सदस्य च्वाओ छिनले पनि मन्तव्य दिनुहुनेछ । अध्यक्ष श्रेष्ठले कार्यक्रमले दुवै देशको आपसी सम्बन्ध तथा रणनीतिक साझेदारीको प्रवद्र्धनका लागि योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । मध्य एशियामा अवस्थित युनानी हिमाल नेपालको नजिकै पर्ने भएकाले यससँग जोडिएको संस्कृतिका माध्यमबाट सांस्कृतिक आदानप्रदानको आधारभूमि खडा गर्नसक्ने मानिएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *