काठमाडौंका १५ वटा पानी उद्योग गुणस्तरहीन, कारवाही हुँदै

समाज अनलाइन
;
१६ मंसिर २०७७, मंगलवार २२:३०

काठमाडौं । राजधानी काठमाडौंका १५ वटा पानी उद्योग गुणस्तरहिन भएको पाइएको छ । सरकारले ति उद्योगहरुलाई कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ ।

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *