प्रम ओलीलाई नेकपाको साधारण सदस्यबाटै निष्काशन गर्ने नेकपाको निर्णय !

समाज अनलाइन
;
५ पुष २०७७, आईतवार २२:२९

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको झगडाको कारण संसद नै विघटन गर्ने निर्र्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्नको लागि केन्द्रीय समितिको बैठक डाक्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठक पर्सी पुस ७ गतेको लागि आह्वान गरिएको छ ।

पुस ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री ओली तथा उनको टिमलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् । उनका अनुसार बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *