राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा बिघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

समाज अनलाइन
;
५ पुष २०७७, आईतवार १५:०६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसको आधारमा मौजुदा प्रतिनिधि सभा विघटन गर्दै आगामी २०७८ साल बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी छिन् । आइतबार विहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्दै ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् ।

सत्ता घटक नेकपाभित्र उत्पन्न भएको चरम विवादको परिणाम अन्ततः प्रधानमन्त्री केपी शर्र्मा ओलीले संसद बिघटन गर्र्न बाध्य भएका हुन् । संसद विघटनसँगै सत्ताधारी नेकपाको बहुमतको दम्भ पनि समाप्त भएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *