१० महिनापछि लकडाउन पूर्ण रुपमा अन्त्य गर्ने सरकारको घोषणा, भोलिबाट फिल्म हल र विद्यालय सबै खुल्ला

समाज अनलाइन
;
१९ पुष २०७७, आईतवार २०:५३

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि बन्द गरेका विद्यालय, चलचित्र हल लगायतका सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका सबै विद्यालयहरु खुल्ला गर्ने सरकारले निर्णय गरेको हो । आजसम्म डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका विद्यालयहरु अब भौतिक रुपमै सञ्चालन हुने भएका छन् ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रलाई खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आजदेखि सबै क्षेत्र खुल्ला गरिएको बताए । साथै उनले आवश्यक देखेको खण्डमा जिल्ला प्रशासन कार्यालय निश्चित क्षेत्रमा मात्रै रोक लगाउन सक्ने जानकारी दिए ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *