माघ २ गतेदेखि आठ अर्बको आईपिओ निष्काशन गर्ने नेपाल पूर्वाधार बैंकको निर्णय

समाज अनलाइन
;
२० पुष २०७७, सोमबार २१:४५

काठमाडौं । नेपाल पूर्वाधार बैंकले आगामी माघ २ गतेदेखि आठ अर्ब रुपैयाँको आईपिओ निष्काशन गर्ने भएको छ । कूल २० अर्ब चुक्ता पुँजि भएको बैंकले कूल चुक्ता पुँजिको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक शेयरधनी संरचना अनुसार आठ अर्बको आईपिओ निष्काशन गर्न लागेको हो ।

नेपाल पूर्वाधार बैंकले निष्काशन गर्न लागेको आईपिओलाई नेपाल धितोपत्र बोर्डले गत साता नै अनुमति दिएको थियो । कोर बैंकिङ कारोबार नगर्ने तर परियोजनाहरुमा लगानी गर्ने उद्देश्यले बैंकहरुलाई लाइसेन्स दिन बन्द गरिएको अवस्थामा पनि झ्यालबाट अनुमति दिइएको पूर्वाधार बैंकको आईपिओमा सर्वसाधारणको ठूलो आकर्षण हुने अनुमान गरिएको छ ।

नेपाल पूर्वाधार बैंकको आईपिओ कम्तीमा ५० कित्ता र बढिमा १०० कित्ता सम्म पाउने अनुमान गरिएको छ । नेपाल पूर्वाधार विकास बैंकको आईपिओलाई इक्रा रेटिङले ट्रिपल बी– रेटिङ प्रदान गरी अब्बल कम्पनीको रुपमा मापन गरिसकेको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *