रंगकर्मी अधिकारीद्वारा काभ्रेको भकुन्डेबेशीमा पिपल चौतारी होटल सञ्चालन

समाज अनलाइन
;
२८ माघ २०७७, बुधबार १७:१८

काठमाडौं । लामो समयदेखि रंगकर्मलाई आफ्नो थलो बनाएका सुरज अधिकारीले काभ्रेको भकुन्डेबेशीमा ‘पिपल चौतारी’ नामक होटल व्यवसाय शुरु गरेका छन् ।

नेपाली नाट्य क्षेत्रमा लामो समयदेखि कलाकारको भूमिका निर्वाह गर्दै आएका अधिकारीले थुप्रै नाटकका साथै म्युजिक भिडियो तथा चलचित्रहरुमा आफ्नो अभिनय देखाइसकेका छन् । अब सुरजले होटल व्यवसायमा समेत आफ्नो कला र क्षमता प्रदर्शन गर्ने जनाएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको सुन्दर नगर भकुन्डेबेशीमा उनले पर्यटक तथा पाहुनाहरुलाई आकर्षक गर्न ‘पिपल चौतारी’ नामक होटल संचालनमा ल्याएको जनाएका छन् । काठमाडौं राजधानीबाट करिब ५० किमिको दुरिमा अवस्थित भकुण्डेबेसीमा पुरातात्विक सामग्री तथा सजावटले एउटा संग्राहलय जस्तै देखिने होटलको एक समारोहका बीच नमोबुद्ध नगरपालिकाका मेय टिपी शर्माले उद्घाटन गरेका छन् ।

मेयर शर्माले होटलको उद्घाटनको क्रममा नगर प्रमुख टिपी शर्माले हराउँदै गएको संस्कृतिको समेत जगेर्ना हुने गरी नयाँ पुस्तालाई जानकारी दिन यस्तो किसिमको होटल संचालनमा आउनु नमोबुद्ध नगरपालिकाकै गर्वको बिषय रहेको धारणा व्यक्त गरेका छन् ।

लकडाउनको समयमा गाउँ बसाइसँगै नयाँ व्यवसाय सुरु गर्ने सोच बनाएको बताउँदै अधिकारीले आगामी दिनमा अधिकारीले आफ्नो कलाकारितासँगै व्यवसायिक जीवनलाई पनि निरन्तरता दिने बताए । काठमाडौंबाट महोत्तरीको बर्दिबास जोड्ने बिपी राजमार्ग नजिकै सञ्चालन गरिएको पिपल चौतारी होटलमा शान्त वातावरणमा मिटिङ, वर्थ डे पार्टी, क्याम्प फायर लगाएतका विभिन्न सुविधा रहेको सञ्चालक अधिकारीले जानकारी दिए ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *