पर्यटक रिफ्रेसमेन्टमा लागि ‘कुलेखानी ड्यामसाईड होटल’

समाज अनलाइन
;
१७ फाल्गुन २०७७, सोमबार १५:०४

काठमाडौं । काठमाडौं उपत्यकाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको कुलेखानी ड्यामसाईड होटल साच्चिकै पर्यटकहरुको लागि आकर्षणको केन्द्र र रिफ्रेसमेन्टको लागि एक स्थल हो ।

विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारणले आर्थिक, राजनीतिक, खेलकुद, पर्यटन जस्ता कुरामा प्रतिकुल असर पारेको थियो । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा त झनै आर्थिक क्षेत्र तहसनहस नै भएको थियो । नेपालले ‘भिजिट नेपाल २०२०’ घोषणा गरेलगत्तै कोरोना भाईरसको कारणले अन्तर्राष्ट्रिय विमानहरु ठप्प भए । यसको असर पर्यटन क्षेत्रमा पर्न गयो । र मुलुकको पर्यटकीय स्थलका होटल, होम स्टे जस्ता व्यवसायहरु सुक्न थाले ।

८/९ महिनाको लकडाउनपश्चात विस्तारै होटल, लज, रिसोर्ट, होम स्टेहरु संचालनमा आउन थाले । लकडाउन खुल्नासाथ होटल व्यवसायीहरुलाई पहिलेकै दाँजोमा स्थापित हुन समस्या भयो तर विस्तारै केही होटल तथा लजहरुले नयाँ प्रविधिबाट सेवा सुविधा सहित स्थानिय पर्यटकहरुलाई लक्षित गर्दै होटल संचालनमा ल्याउन थाले ।

यस्तैमा कुलेखानीमा अवस्थित ‘कुलेखानी ड्यामसाईड होटल’ ले पनि आन्तरिक पर्यटकलाई मध्यनजर राख्दै होटल संचालनमा ल्याएको हो ।
मकवानपुर जिल्लाको उत्तरी भेगकै सुविधा सम्पन्न रहेको उक्त होटल तथा रिसोर्ट विशेष आन्तरिक पर्यटकलाई आकर्षित बनाउने हेतुले संचालनमा ल्याएको हो ।

२०७५ सालमा उक्त होटलको स्थापनाको लागि योजना बनाइएको थियो । हिराकाजी गोपाली र राजेश गोपालीको संयुक्त लगानीमा कुलेखानी ड्यामसाईड होटल स्थापना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै कुलेखानी मार्खुमा उक्त होटल स्थापनाको योजना बनाइएको होटल संस्थापक राजेश गोपालीले बताए ।

जमिन सतहदेखि लगभग ५०० मिटर माथिको उचाईमा रहेको उक्त होटलबाट इन्द्रसरोवरको आकर्षक दृश्य हेर्न सकिन्छ । कुलेखानी पर्यटकीय केन्द्र र काठमाडौं, भक्तपुर र ललितपुरबाट नजिकै रहेको कारणले पनि शुक्रबार र शनिबार गरेर प्रायजसो आन्तरिक पर्यटकहरु आउने गर्दछ । हप्ताको अन्य दिनको तुलनामा शुक्रबार र शनिबार विशेष बढि पर्यटकहरु आउने गर्दछन् ।

“शुक्रबार र शनिबार पारेर ‘टु–डे वन–नाइट’ को प्याकेजमा बढिमा ७०/८० कम्तिमा ३०/४० पर्यटकहरु आउने गरेको छ”, होटलका म्यानेजर बालकृष्ण गोपालीले भने, “आन्तरिक पर्यटकलाई लक्षित गर्दै आकर्षणको लागि होटलले ‘स्वीमिङ पुल’ निर्माण गर्ने र अरु कोठाहरु थप गर्ने योजना बनाएको छ ।’
होटल निर्माणको योजना पहिलेदेखि नै भएको भएपनि अंग्रेजि नयाँ वर्ष ‘२०२१’ बाट उक्त होटल संचालनमा आएको हो । अंग्रेजि नयाँ वर्षको ‘न्यु इयर इभ’ लाई टार्गेट गर्दै होटल व्यवसाय संचालनमा ल्याएको हो ।

स्विमिङ पुल र अन्य थप रुमहरु निर्माण भइसकेपश्चात कुल लागत दश करोड पुग्ने होटल संस्थापकले जनाएको छ । कुल २१ रुम र १० टेन्टसहित होटलमा डिनर हलसमेत रहेको छ । प्याकेजमा आउने पर्यटकहरुको लागि ब्रेकफास्ट, लन्च, डिनर सहित क्याम्प फायरको व्यवस्था समेत होटलले राखेको छ । साथै कुलेखानीको विशेष बोटिङ गर्ने व्यवस्था समेत होटलले पर्यटकहरुको लागि यो विशेषता समेत प्रदान गरेको छ ।

आगामि दिनहरुमा होटलले अझै सेवा सुविधा बढाउँदै जाने प्रतिबद्धता जनाएको छ । आन्तरिक पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको उक्त होटल साच्चिकै रिफ्रेसमेन्टको एक केन्द्र रहेको प्रतिबद्धता समेत होटल तथा रिसोर्टले जाहेर गरेको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *