प्रम ओलीले मन्त्रिण्डल विस्तार गर्न सकेनन्

आन्तरिक किचलो र विदेशी दवाव मुख्य कारण
समाज अनलाइन
;
३ मंसिर २०७६, मंगलवार १०:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलेपनि अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीभित्र आन्तरिक किचलो तथा विदेशी दवावका कारण प्रधानमन्त्री ओलीले सोमबार आफ्नो मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् ।

सुत्रका अनुसार पार्टीभित्रबाट प्रचण्ड माधव कुमार नेपाललगायतले एउटा दवाव दिइरहेका छन् भने विदेशीहरुले समेत यो व्यक्तिलाई मन्त्री बनाउनु पर्दछ भनेर दवाव दिइरहेको बुझिएको छ । सूत्रका अनुसार पाँच देखि ७ जनाको टिम फेर्ने बारेमा योजना बनेको भएपनि प्रम ओलीले ठोस निर्णय गर्न सकेका छैनन् ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *