उप निर्वाचनमा नेकपालाई गम्भिर धक्का

राजधानीमै नेकपाले गुमायो सिट, वडादेखि प्रदेशसम्म पराजय
समाज अनलाइन
;
१७ मंसिर २०७६, मंगलवार ०९:३२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार सम्पन्न भएको उप निर्वाचनमा गम्भिर धक्का व्यहोरेको छ । उपनिर्वाचनमा राजधानीमै पराजय व्यहोरेपछि नेकपाको दुई तिहाई सरकारप्रति जनतामा असन्तुष्टि झल्किएको छ ।

उपनिर्वाचन भएका तीन प्रदेशसभा सदस्य मध्ये भक्तपुर–१ (क) को मत परिणामले नेकपालाई झस्काएको छ । नेकपाले यसअघि आफ्नो पोल्टामा पारेको झक्तपुर क्षेत्र नं–१ (क) मा नेपाली कांग्रेसले आफ्नो पक्षमा पार्न सफल भएको छ । आगामी साढे दुई वर्ष कार्यकालको लागि भएको निर्वाचनमा नेकपाले आफ्नो पकड मात्रै गुमाएको छैन, सांकेतिक रुपमा आगामी निर्वाचनमा पराजय भोग्ने संकेत समेत देखिएको छ । कतिपयले यसलाई मिनि जनमत संग्रह समेत मानेका थिए । मिनि जनमत संग्रह मानिएको निर्वाचनमा नेपाली कांग्रेसले बाजी मार्दै आफ्नो नियन्त्रणमा लिएपछि नेकपा नेतृत्वको दुइी तिहाई सरकारको काम कारवाहीमाथि प्रश्न चिन्ह उठ्ेकोछ ।

निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित विजयी भएका छन्, त्यस्तै नेपालक म्युनिष्ट पार्टी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत पाएर दोस्रा हुन पुगेका छन् ।
अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार हरिशरण लामिछाने १२ हजार ७८९ मतसहित निर्वाचित भएका थिए । उतिबेला नेपाली कांग्रेसले नौ हजार ९७७ मत पाएको थियो । अहिले कांग्रेसले तीन हजार पाँच सय मत बढाउन सफल भएको हो ।

उता, देशका अन्य स्थानमा भएका निर्वाचनमा नेकपाभन्दा नेपाली कांग्रेसले बढि स्थानमा जित हासिल गरेर यस पटकको निर्वाचनमा नेकपालाई पराजयको स्वाद चखाउन सफल भएको छ । नेकपाभित्र ठूलो पार्टी बनेको तथा गुट व्यवस्थापन अझै नभएको अवस्थामा नेपाली कांग्रेसले राजधानीमै बिजयी बनेर सरकारलाई गतिलो सन्देश दिन सफल भएको छ । उता, कास्कीको पोखरामा भने नेपाली कांग्रेस पराजय हुने लगभग निश्चित देखिएको छ । मत गणनाको प्रवृत्ति हेर्दा स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको पक्षमा भोट खसेको छ । सहानुभूतिको भोट खसेको भएपनि अन्य उम्मेदवार उठेको भए कास्कीमा समेत नेकपाका लागि निकै जोखिमपूर्ण हुने देखिएको छ ।

दुई तिहाई सरकार सञ्चालन भएको दुई वर्षपछि सम्पन्न उपनिर्वाचनको परिणामले नेकपालाई सुध्रन सन्देश दिएको छ । सुध्रिन दिएको जनताको म्याण्डेड पालना नगरेर आगामी दिनमा आउने परिणाम नेकपाका लागि अप्रिय पनि हुन सक्नेछ । –देशदर्पण साप्ताहिकबाट

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *