कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको पुष्टि

दुई तिहाई सरकार अलोकप्रिय हुँदा पनि जनता उसैको पक्षमा
समाज अनलाइन
;
२३ मंसिर २०७६, सोमबार १०:१४

काठमाडौं । गत साता सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम आइसकेका छन् । प्राप्त मत अनुसार कूल मतदाताले दिएको लोकप्रिय मतलाई आधार मान्दा नेपाली कांग्रेस अझै पनि दोस्रो स्थानमा सीमित हुन पुगेका छ । यसले दुई तिहाई सरकारले अलोकप्रिय काम गर्दा समेत प्रमुख प्रतिपक्ष दलले अवसरको सदुपयोग गर्न नसकेको देखिएको छ ।

दुई तिहाई सरकारले जनतालाई सर्भिस डेलिभरी देखि धेरै काममा असफल छ । बौद्धिक जगत यहि भनेर सरकारलाई सत्तोसराप गर्दैछ । गाउँ गाउँमा सरकारका विरुद्धमा जनता कुरा काट्दैछराप गर्दैछ । गाउँ गाउँमा सरकारका विरुद्धमा जनता कुरा काट्दैछन् । तर, हालै सम्पन्न भएको उप निर्वाचनको पपुलर भोट हेर्दा अझै पनि ग्रामिण तहसम्ममा कांग्रेसको हैसियत कमजोर नै देखिएको छ ।

प्राप्त मत परिणामले एकातिर सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दललाई जनताले एउटै कित्तामा राखेर हेरेको देखिएको छ भने अर्कोतर्फ नेपाली कांग्रेसले अझै धेरै मेहनत गर्नुपर्दछ भन्ने स्पष्ट संकेत गरेकोछ । जनताले दिएको यो म्याण्डेडलाई पूरा गर्न आगामी दिनमा नेपाली कांग्रेसले कस्तो भूमिका निर्वाह गर्दछ, त्यो त प्रतिक्षाकै विषय बनेको छ तर अबका दिन सरकार र प्रमुख प्रतिपक्ष दुवैका लागि त्यति सहज भने देखिएको छैन । जनमत लोकतन्त्रका पक्षमा भन्दा विपक्षमा जाने हो कि ? भन्ने आशंका र भय उत्पन्न हुन पुगेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले देश र जनताको पक्षमा भूमिका निर्वाह गर्न नसक्दा जनताले अझै पत्याइहालेको अवस्था देखिएको छैन । यो सुधारवादी कांंग्रेसहरुको लागि समेत चुनौतिको विषय बन्न पुगेको छ । सरकारमा बसेर जनविरोधी काम गर्ने, लिपु लेक र कालापानी जस्ता नेपाली भूभागलाई भारतीय नक्सामा समावेश भएर आउँदा समेत वर्तमान दुई तिहाई सरकारले ठोस पहल गर्न सकेन । यति हुँदा पनि जनताले उसैले लोकप्रिय मत दिएर पहिलो बनाएका छन् । सरकारमा रहेर सिन्को समेत नभाँच्ने अनि जनताले पनि मत दिँदा उसैलाई सबैभन्दा धेरै मत दिने अवस्थाले लोकतन्त्र र देशको भविष्य अनि आर्थिक समृद्धिको एजेण्डा के हुन्छ सबैले मनन् गर्नु जरुरी छ । –देशदर्पणबाट

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *