सि जिनपिङको आगमनसँगै नेकपामा लवच परिर्वतन

चिनियाँ राष्ट्रपति देखि नेकपासम्मको नजरमा कांग्रेस
सञ्जुर शाह
२९ आश्विन २०७६, बुधबार २३:०४

काठमाडौं । विश्वकै शक्तिशाली, प्रभावशाली तथा आर्थिक विकासमा चमत्कार गर्न सफल चीनका राष्ट्रपतिको दुई दिने राजकीय भ्रमण सकिएको छ । शनिबार काठमाडौंमा उत्रिएका चिनियाँ राष्ट्रपति सी आईतबार विशेष विमानमार्फत स्वदेश फर्केका छन् । राष्ट्रपति सीले नेपालमा सबैभन्दा पनि पहिला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसँग भेटेर औपचारिक भेटवार्ता सुरु गरेका छन् । यद्यपि त्यसअघि चीनका समकक्षीसँग राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता नगरेको होईन । नेपालको संविधान अनुसार संवैधानिक राष्ट्रपतिसँगको भेटवार्ता औपचारिकतामा मात्रै सीमित हुन आउँछ । आलांकारिक राष्ट्रपति हुँदा चिनियाँ राष्ट्रपति सीले भोलिपल्ट मात्रै औपचारिक रुपमा नेपालका राजनीतिक नेतृत्व तथा धानमन्त्रीसँग भेटवार्ता गरेका थिए । कुटनीतिमा साना तिना कुराहरुलाई समेत निकै महत्वका साथ हेरिने गरिन्छ । महत्वका साथ हेरिएका कारण पनि चिनियाँ राष्ट्रपति र नेपाली कांग्रेसका सभापति शेर बहादर देउवासँगको भेटवार्टा निकै महत्वपूर्ण रुपमा लिइएको छ । सो कुराको प्रमाण आइतबार नै नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा नेकपाका अध्यक्ष प्रचण्डले व्यक्त गरेको अभिव्यक्तिबाट समेत खुल्न आएको छ । प्रचण्डले नयाँ राजनीतिक कोर्स बदलिन सक्ने र आफ्नो सहकार्य समेत हुनसक्ने भन्ने आशयले गम्भिर अवस्थातर्फको संकेत गरेको छ । प्रधानमन्त्री केपीले समेत नेपाली कांग्रेसले दशैं तिहारको अवसरमा आयोजित चियापान कार्यक्रममा कांग्रेसकै प्रशंसा गर्दै दुई तिहाईको दम्भ त्यागेर कांग्रेससँग सहकार्य गर्ने भन्ने प्रस्ताव अघि सारेका थिए । अर्का नेता तथा अध्यक्ष प्रचण्ड र अध्यक्ष तथा प्रधानमन्त्री ओली दुवैको लवच कांग्रेससँग नजिक हुन चाहेको लवच प्रष्ट झल्किन्थ्यो ।चिनियाँ राष्ट्रपति सीले सबैभन्दा पहिला कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नु तथा यता दुई तिहाईको दम्भ बोकेर सरकार चलाईरहेको नेकपा (नेकपा) को लवचमा एकाएक परिवर्तन आउनुलाई सामान्य वा संयोगका रुपमा मात्रै लिन सकिदैन ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *