प्रधानमन्त्री ओलीका सल्लाहकार र सचिवालय सदस्यद्वारा सामूहिक राजिनामाको तयारी

समाज अनलाइन
;
२३ कार्तिक २०७६, शनिबार २०:४२

काठमाडौं । २०७४ फागुन ३ गतेपछि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सल्लाहकार तथा सचिवालय सदस्यहरुले सामूहिक राजिनामा दिने भएका छन् । परिवर्तत अवस्थामा प्रधानमन्त्री ओलीलाई काम गर्न सजिलो बनाउने उद्देश्यले सामूहिक राजिनामा दिन लागेको भएपनि प्रम ओलीले आफ्नै सचिवालय सदस्य तथा सल्लाहकारहरुसँग असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिन भनेपछि सामूहिक राजिनामा दिन लागेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार र सचिवालयमा नयाँ टिम फर्मेशन गर्दैछन् । विगत वर्षदेखि प्रधानमन्त्री ओली सल्लाहकारकै कारण जनतालाई समान रुपमा व्यवहार गर्न नसकेको भन्दै पार्टीभित्रै चर्को आलोचना हुँदै आएको थियो ।

धानमन्त्री ओलीले नियुक्त गरेको प्रेस सल्लाहकार कुन्दन अर्याल पार्टीले चलाएको पत्रिका बन्द गरेर व्यक्तिगत काममा हिडेको व्यक्ति नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो । त्यस्तै अर्का सल्लाहकार विष्णु रिमालले व्यक्तिगत लाभका कामहरु गरेको भन्दै चर्को आलोचना भइरहेको थियो । परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका कारण कुटनीतिक सम्बन्ध सुधार हुन नसकेको आरोप लाग्दै आएको थियो । भट्टराईले नै प्रम ओलीको बोआओ फोरम रद्द गराएर भारत भ्रमणमा जाने सल्लाह दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार सबै सल्लाहकारहरुलाई राजिनामा दिन निर्देशन दिइसकेका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सूचना प्रविधि विज्ञ अलि असगरलाई राजिनामा दिन निर्देशन दिएकोमा राजिनामा दिएको तथ्य बाहिर आएको छैन ।

मृगौला रोगबाट पीडित प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला सचिवालय टिम फेरेर सरकारलाई गति दिने योजनामा रहेका छन् । सल्लाहकार तथा सचिवालय टिमले प्रधानमन्त्री ओलीलाई नै गलत ब्रिफिङ गरेको खुलेपछि उनीहरुलाई हटाउन लागिएको स्रोत बताउँछ । यसैबीच, केही मन्त्रीहरुलाई समेत हटाएर प्रधानमन्त्री ओलीले स्मार्ट र जुझारु टिम बनाउन लागेको बताइएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *