चौधरी ग्रपका बिचौलिया मन्त्रीसँग बार्गेनिङ गर्दै

समाज अनलाइन
;
५ पुष २०७६, शनिबार १२:१९

काठमाडौं । चौधरी ग्रुपका अरुण चौधरीले यातायातमन्त्री बसन्त कुमार नेम्बाङलाई भेटी आफ्ना ७९६ सीसीका ३०० वटा २० वर्षे पुराना स्क्राइव गरेको ट्याक्सीको सट्टा भर्ना गाडीहरु जसरी पनि दर्ता गर्नका लागि लबिङ गरेका छन् । यातायात व्यवस्था विभागले २०७६ साल मंसिर तीन गते १२ सय सीसी भन्दा कम सीसीका गाडीहरु दर्ता रोक लगाएको थियो । चौधरी ग्रुपका ३०० वटा गाडीहरु १५ दिन भित्रै दर्ता गरिसक्ने शर्तमा मन्त्री नेम्बाङ र चौधरी ग्रुपका अरुण चौधरीको कमिसनमा मोलतोल मिलिसकेको स्रोतको दाबी छ । मन्त्री नेम्बाङ र चौधरी ग्रुपका निर्देशक अरुण चौधरीको खेलमा धेरै मानिसहरुले उठिबास हुने अवस्था आएको छ । चौधरी ग्रुपले चाकरी र शक्ति देखाएर कानून हातमा लिई सकेको स्रोतको दाबी छ । मन्त्री नेम्बाङले चौधरी ग्रुपका अरुण चौधरीलाई कुनैपनि हालतमा ट्याक्सी दर्ता गरिदिने आश्वासन दिएको स्रोतको दाबी छ । त्यसका लागि महानिर्देशक बाधक बनेमा सरुवा गरिदिने आश्वासन समेत दिएका छन् । मन्त्रीलाई प्रभावमा पार्न चौधरी ग्रुपले १५ करोड खर्च गर्ने भन्दै हल्ला चलाएका छन् । महासेठको लाइनमै नेम्बाङ लागेको देखेर मन्त्रालयका इमान्दार कर्मचारीहरु भने जिब्रो काढेका छन् । मापदण्ड बनाएर नयाँ ट्याक्सीको दर्ता खोल्ने अवस्थालाई वेवास्ता गरेर इमान्दार मन्त्री पनि दलालहरुकै सामु लम्पसार परेका छन् । यातायात व्यवस्था विभागले ल्याएको मापदण्ड बिपरित चौधरी ग्रुपले ३०० वटा ट्याक्सी जबर्जस्ती भिडाउन खोजेको छ ।

मास प्रिन्टर्स चलाउन नजान्दा करोडौं नोक्सानी
२०७२ साल मंसिर देखि सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स दिने निर्णय गरियो । त्यसपछि अहिलेसम्म ४० देखि ४५ हजार कार्डहरु बिग्रिएका छन्् । यसरी यो संख्यामा कार्ड बिग्रिनुमा कर्मचारीको गम्भिर लापावाही भएको जानकारहरु बताउँछन् । एउटा स्मार्ट कार्डको १ डलर पर्ने स्रोतले बतायो । डकुमेन्ट हरेर टाइप गर्न जान्ने कर्मचारीहरु नभएका कारण यो अवस्था आएको. हो । असक्षम कर्मचारीले प्रिन्ट गरेका कारण झण्डै चार वर्षमा ४५ हजार कार्ड बिग्रिएका हुन् । करारका कर्मचारीसँग भर परेर छपाई गर्दा यो परिमाणमा सवारी चालक अनुमतिपत्र बिग्रिएका हुन् । यसरी लार्खौ सवारी चालकहरु अहिले पनि रातो रसिद देखाएर गाडी चलाउन बाद्य छन् । भने राज्यको करोडौं रकम स्वाह भएको छ ।

सरकारी विद्यालयमा एक जना प्रधानाध्यापकले जानी जानी वा अन्जानबस गरेको गल्तीबाट हुन पुगेको नोक्सानी ब्यक्तिगत तलब भत्ताबाट असुल उपर गरिने भनिकन शिक्षा नियमावलीमा उल्लेख गरेको हुन्छ । तर, करोडौं रुपैयाका कार्ड छपाई गर्दा बिगार्ने कर्मचारीहरु भने झनै आफन्तका कार्डहरु तोक लगाएर सिस्टम नै गोलमोटल बनाउनमा जमिरहेका छन् । लामो समय देखि प्राविधिक कर्मचारीहरु करारमा राखिएका कारण यो संख्यामा स्मार्टकार्डहरु बिग्रिएका हुन् । यसबाट करोडौं नोक्सानी हुन पुगेको छ । यस विषयमा महानिर्देशक गोगन बहादुर हमालसँग प्रतिक्रिया माग्दा उनले कति बिग्रिएका छन् आफुलाई तथ्यांक थाह नभएको बताए ।
किन बिगारिन्छ विद्युतिय हाजिरी ?

कर्मचारीहरु समयमा आउन नसक्ने हुँदा यातायात व्यवस्था विभागमा हाजिरी गर्ने इलेक्ट्रोनिक मेसिन बिगारिएको छ । त्यसै गरी यातायात कार्यालय एकान्तकुनामा समेत इलेक्ट्रिक हाजिरी बिगारिएको छ । पशुपतिमा चलाएको भेटीघाटीहरु अनियमितता रोक्नका लागि लगाइएको सिसी क्यामेरा बिगारे जस्तै यातायात व्यवस्था विभागमा काम गर्ने कर्मचारीले नै इलेक्टिकल हाजिरी बिगारी दिएका छन् ।

महत्वपूर्ण कागजात लेखनदास (दलाल)को कब्जामा
यातायात कार्यालयमा कार्यरत लेखनदासको नाममा दलालको खेति गर्नेहरुले क्यान्टिनमै कार्यालय खोलेर दलाली धन्दा सञ्चालन गरिरहेका छन् । उनीहरुकै कारण यातायात सवारी साधनको रेकर्ड रजिष्टर कार्यालय बाहिर क्यान्टिनमै पु¥याएका हुन्छन् । गाडी नै नलगि दलालहरुले जाँच पास, गाडीको प्रदुषण र नामसारी गराएका हुन्छन् ।
फोटो खिच्ने स्टुडियोमा दलाली
यातायातमा गेट सम्म शक्तिको धमास दिएर बसेका बिचौलिया नै धेरै छन् । फोटोकपी मेसिनहरुमा पनि दलाली, खाजाघरमा पनि दलालीहरु बसेका कारण सेवाग्राहीले खुशीसाथ काम गर्न पाउँदैन । दलाल मार्फत जानुपर्ने बाद्यता बनाएपछि अहिले कुनैपनि ब्यक्तिले आफु खुशी काम गर्न पाउँदैनन् । दुई बजेपछि राजश्व बुझाउन भनिएपनि दलाल मार्फत ५ लेखनदासहरु ४,५ बजेसम्म नै राजस्व बुझने गरेका छन् ।
कर्मचारीहरु कति जनाको काम गरेको हिसाव राख्ने र खाजाघरमा गएर कार्यालय समय पछि दलालहरुसँग हिसाव मिलान गर्ने गरेको स्रोत भनाई छ । त्यसो त यातायात कार्यालयमा काम लिन गएका सेवाग्राहीहरुलाई दलालहरुले बाटोमा ढुकेर सोधपुछ गर्ने गर्दछन् ।

ल्होत्सेका मालिक कुँवरसँग होमनाथको भित्री साठगाँठनेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य, बिजय स्वार र सरोज सिटौला लगायतको टिमले ल्होत्से सहकारी बाट राम्रै असुली धन्दा चलाएको जानकारी पाएको हुँदा सार्वजनिक यातायात केन्द्रीय महासंंघ नेपालका अध्यक्ष होम प्रसाद अधिकारी र भरत नेपालले अदालतमा मुद्दा हाले । पैसाको लेन देन नमिलेका कारण यो विषय अदालतमा पुगेको अधिकारीलाई जान्नेहरुको मत रहेको छ । अहिले दीपक कुँवरले प्रभावमा पारेर होम अधिकारीको समूहलाई फकाउँदै आएका छन् ।
स्मरणीय के छ भने ल्होेत्सेले १६५ रोपनी जग्गामा ५० वर्षे करार गरी महानगरपालिकासँग सम्झौता गराएको थियो । यसरी मासिक तीन करोड कमाउ हुने ल्होत्सेको वार्षिक रुपमा ९० लाख मात्रै काठमाडौं महानगरपालिकालाई दिने गरेका छन् ।

नेताहरुको आडमा दीपक कुँवरको चलखेल
ल्होत्से सहकारीका लागि ५० वर्षे सम्झौतामा दिइएको जग्गा काठमाडौं महानगरपालिकाले नापनक्शा समेत दिन सकेको छैन । जग्गाको क्षेत्रफल समेत एकीन नहुँदा ल्होत्सेका दीपक कुँवरको दिन दुगुना रात चौगुना भएको छ । उनले केहि दिन अघि सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमनाथ अधिकारीसँग गोप्य भेटघाट गरेका थिए ।

महासंघको महंगो र जबर्जस्ती लेभी
यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले कम्पनीको सदस्य बनाउने भन्दै कतिपय व्यवसायीहरुसँग चन्दा उठाएका छन् । यसरी महासंघले कम्पनीलाई सदस्य बनाएबापत ५१ सय रुपैया पहिले नै लिएर लखनौं लुट मच्चाएका छन् । साथै उनीहरुले थोरै गाडी हुनेहरुलाई १ हजार र धेरै हुनेहरुलाई छ देखि १५ हजार लिने गरेका छन् ।

भाडा बढाउन दाउपेच
यातायात व्यवसायी महासंघका नेताहरु २०६९ साल देखि सार्वजनिक यातायातको भाडा नबढेको बताउँदै आएका छन् । तर, सरकारले २०७० सालमा १० प्रतिशत भाडा बढाएका थिए् । त्यसै गरी २०७२ साल माघ २४ गते १० प्रंतिशत भाडा बढाइयो र २०७५ साल आश्विन ६ गते पनि १० प्रतिशत भाडा बढाएका थिए । तथापि अहिले पनि भाडा नबढेको भन्दै यातयात व्यवसायीहरु महासंघका नेताहरु ढाट्दै आएका छन् । तथापि राज्यले लिनुपर्ने ११ वटा विषयमा बढाएको छैन । यस विषयमा अनुगमन गर्ने निकायहरुले पनि स्पष्ट पार्न सकिरहेका छैनन् । यस विषयमा यातायात क्षेत्र सुधारका अभियन्ता राम बहादुर थापाले व्यवसायीको धमिलो पानीमा माछा मार्ने चालबाजीका रुपमा लिएको बताए ।

-डायरी एक्सप्रेस साप्ताहिकको वर्ष ८,अंक ३७ बाट साभार ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *