अपहृत गाउँपालिका अध्यक्ष १८ घण्टापछि सकुशल मुक्त

मध्यराति घरैबाट अपहरणमा परेका थिए गाउपालिका अध्यक्ष शाही
समाज अनलाइन
;
६ पुष २०७६, आईतवार २२:०१

काठमाडौं । दैलेखस्थित ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीलाई अपहरणमा परेको १८ घण्टापछि प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाले घरैबाट अपहरणमा परेका शाहीलाई दोस्रो दिन विकट गाउँबाट प्रहरीले उद्धार गरेको हो ।

अपहरणकारीले सुरक्षित स्थानमा लैजाने तयारी गर्दै गर्दा प्रहरी पुगेर फायरिङ सुरु गरेछि अपहरणकारी भागेको जनाइएको छ । दैलेखस्थित ठाँटीकाँध २ बाट अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ ।

शनिबार मध्यराति १२ बजेतिर अहपरणमा परेका उनलाई आइतबार साँझ ६ बजे अपहरण मुक्त गरिएको हो । जनपथ प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले सुचना पाएपछि लुकाएर राखेको घरमा घेरा हाल्दै गर्दा अपहरणकारीहरु भागेका थिए । घटनास्थलबाट अपहरणमा संलग्न व्यक्ति पक्राउ परे नपरेको खुल्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष नै विद्रोही नेकपाको अपहरणमा परेको समाचार बाहिर आएसँगै सुरक्षा सतर्कता बढाउँदै हाई एलर्ट सुरक्षाकर्मी राखिएको छ । उता, विद्रोही नेकपाले अपहरणको जिम्मा लिँदै चन्द समूहले गाउँपालिकामा अनियमितता भएको भन्दै अपहरण गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *