शसस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

समाज अनलाइन
;
२६ मंसिर २०७६, बिहीबार १८:५२

मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंसीर २५ गते एपीएफ टोली र नेपाल प्रहरीले करीव १ ग्राम ६ मिलिग्राम खैरो हिराईनहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको केराबारी गाउँपालिका १० बस्ने २९ वर्षिय अनुज खत्री, सोही जिल्लाकै विराटनगर नगरपालिका ६ बस्ने ४१ वर्षिय तेजबहादुर कार्की र २० वर्षिय अयुव आलम छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज खत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हिरोईन फेला परेपछि उनी सँगै रहेका कार्की र आलमलाई समेत पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद खैरो हिरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको सशस्त्र प्रहरी समाचार कक्षले जनाएको छ ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *